नियम ६१
मुद्दा फैसला गर्ने अदालत र कारागार मार्फत पनि पुनरावेदनपत्र दर्ता गर्न सकिने
: (१) नियम ६० मा जुनसुकै कुरा लेखिएको भए तापनि पुनरावेदन गर्न चाहने व्यक्तिले मुद्दा फैसला गर्ने अदालत वा थुनामा रहेको भए त्यसरी थुनामा रहेको कारागार मार्फत पनि पुनरावेदनपत्र दर्ता गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम दर्ता गर्न ल्याएको पुनरावेदनपत्र रीतपूर्वकको भएमा सम्बन्धित अदालत वा कारागारले नियम ६० को कार्यविधि पूरा गरी दर्ता गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम दर्ता भएको पुनरावेदनपत्र सम्बन्धित अदालत वा कारागारले सात दिनभित्र अदालत समक्ष पठाउनु पर्नेछ ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै मुद्दामा धेरै वादी वा प्रतिवादी भई कसैले पुनरावेदनपत्र दर्ता गरेको र कसैलाई पुनरावेदनको म्याद जारी गर्न बाँकी नै रहेको देखिएमा सम्बन्धित अदालतले त्यसरी बाँकी रहेका व्यक्तिहरुका नाउँमा पुनरावेदन म्याद जारी गरी सबै तामेली प्राप्त भएको मितिले सात दिनभित्र तामेली सहितको मिसिल अदालतमा पठाउनु पर्नेछ ।
(५) उपनियम (३) वा (४) बमोजिम अदालतमा पुनरावेदन प्राप्त भएपछि सम्बन्धित अधिकारीले सो पुनरावेदनपत्र जाँच गर्दा कानून बमोजिम लिनु पर्ने रकम वा धरौट जमानी नपुग लिएको देखिए सो नपुग रकम वा धरौट जमानी पुनरावेदकलाई दाखिला गर्न लगाउनु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम नपुग रकम वा धरौटी जमानी दाखिला नगरेमा वा मुद्दा फैसला गर्ने अदालत वा कारागारले कानूनले लाग्नै नसक्ने पुनरावेदन लिएको देखिएमा रजिस्ट्रारले त्यस्तो पुनरावेदनपत्र दर्ता नगरी सम्बन्धित अदालत वा कारागारमा फिर्ता पठाउन सक्नेछ ।